बुढानीलकण्ठका नगर प्रमुखको घर तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २१ ।
जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
प्रहरीले मेयर अधिकारीको घर तोडफोड गरेको आरोपमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।
तोडफोडको आरोपमा पक्राउ परेकी निशा ईलामको माई नगरपालिका–८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० गैरीगाउँ र आयुषा गुल्मीको हस्तिचौर गाउँपालिका-२ की हुन् । उनीहरूलाई बूढानीलकण्ठ–१० गैरीगाउँबाट पक्राउ गरिएको प्हो ।
तपाइँको प्रतिक्रिया ।
