उच्च सतर्कता अपनाउन नगरवासीलाई बुढानिलकण्ठ नगरपालिकाको आग्रह !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १४।
बुढानीलकण्ठ नगरपालिकाले भारी वर्षा र त्यसका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा विभिन्न विपद्सम्बन्धी जोखिमबारे उच्च सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको चेतावनीका आधारमा नगरपालिकाले सूचना सार्वजनिक गरेको हो।
सूचनामा आगामी दिनहरूमा तीव्र वर्षा हुने सम्भावना रहेका कारण नदी किनार, बस्ती तथा संभावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन, आवश्यक पूर्वतयारी गर्न र सूचना प्रवाहमा जागरूक रहन आग्रह गरिएको छ।
जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्नेले सुरक्षित स्थानमा सर्न र आपतकालीन अवस्थामा सम्पर्कका लागि सम्बन्धित अधिकारी एवं प्रहरीसँग सम्पर्क गर्न सकिने नगरपालिकाले जानकारी दिएको छहो।
आपतकालीन सम्पर्क नम्बरहरू
-
नगर प्रमुख: ९८५१०५१०१०
-
नगर उपप्रमुख: ९८४१२७६७६६
-
प्रमुख प्रशासकीय अधिकृत: ९८५१२७०२८५
-
नगर प्रहरी निरीक्षक: ९८४६१९७१११
-
विपद् व्यवस्थापन शाखा: ४०११२२७१३
-
नेपाल प्रहरी: १०० / ९८५१२८२०२६
-
सशस्त्र प्रहरी: ९८५१२८०७२५
-
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र: ९८५१२२२३२७
