श्री बाल विकास आधारभूत विद्यालयमा शिक्षक आवस्यकता !

श्री बाल विकास आधारभूत विद्यालयमा शिक्षक आवस्यकता !

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १३।

श्री बाल विकास आधारभूत विद्यालय, ढाल्को–१७, छेत्रीपाटी काठमाडौंले समुदायमा आधारित शिक्षक पदका लागि दरखास्त आव्हान गरेको छ। विद्यालयले कक्षा १ देखि ८ सम्मका लागि गणित विषयमा एक जना शिक्षक आवश्यक रहेको जानकारी दिएको छ।

शिक्षा विकास तथा समन्वय इकाईको मिति २०८२/०९/१९ को पत्रका आधारमा शिक्षक माग गरिएको हो। योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने विद्यालयले जनाएको छ। उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

न्यूनतम योग्यता

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट गणित विषयमा १२ कक्षा वा सो सरह उत्तीर्ण

  • शिक्षक सेवा आयोगको स्थायी प्रमाणपत्र भएका उम्मेदवारलाई प्राथमिकता

  • ICT सम्बन्धी ज्ञान र अनुभव भएकालाई अग्राधिकार

आवश्यक कागजातहरू

  • नागरिकताको प्रतिलिपि

  • शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि

  • अध्यापन अनुज्ञा पत्र

  • भुक्तानी जम्मा गरेको रसिद

उम्मेदवारले विज्ञापन प्रकाशित भएको मिति देखि १५ दिन भित्र विद्यालयमा सम्पर्क गरी आवेदन दिनुपर्ने विद्यालयले जनाएको छ। सफल उम्मेदवारलाई सम्बन्धित तहको करार सुचीमा सूचीकृत गरी नियुक्ति गरिने जनाएको छ।

सम्पर्क
श्री बाल विकास आधारभूत विद्यालय
ढाल्को–१७, छेत्रीपाटी, काठमाडौं
फोन: ०१–५३५७६७७
इमेल: balbikash362@gmail.com
वेबसाइट: www.balbikasbs.edu.np

तपाइँको प्रतिक्रिया ।