श्री माध्यमिक विद्यालय लेटी गोविन्दपुरमा शिक्षक आवश्यकता !

श्री माध्यमिक विद्यालय लेटी गोविन्दपुरमा  शिक्षक आवश्यकता !

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ९।

मोरङको रतुवामाई नगरपालिका–५ स्थित श्री माध्यमिक विद्यालय लेटी गोविन्दपुरले माध्यमिक तह (राहत) सामाजिक विषय शिक्षकको एक पदका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयले २०८२ असोज २२ गते नगरपालिकाबाट प्राप्त स्वीकृतिअनुसार पदपूर्तिका लागि यो सूचना प्रकाशित गरेको हो।

विद्यालयले प्रकाशित विज्ञापन अनुसार उक्त पदका लागि इच्छुक नेपाली नागरिकहरूले दरखास्त शुल्क रु. १,५०० तिरेर २०८२ असोज २३ देखि २०८२ असोज २९ गतेसम्म कार्यालय समयमा आवेदन दिन सक्नेछन्।

पद विवरणः

  • पद नं.: ०१/२०८२/०८३

  • पद: माध्यमिक तह शिक्षक (सामाजिक विषय)

  • श्रेणी: तृतीय

  • पद संख्या: १ (एक)

  • सेवा प्रकार: राहत (करार)

  • उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

  • शैक्षिक योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको उपाधि र ६ महिनाको अध्यापन तालिम प्राप्त गरेको

परीक्षा तथा अन्य विवरणः

  • परीक्षा शुल्क: रु. १,५०० (एक हजार पाँच सय)

  • परीक्षा प्रकार: लिखित, मौखिक तथा आवश्यक परे प्रयोगात्मक

  • परीक्षा मिति: पछि तोकिने

  • पाठ्यक्रम: शिक्षक सेवा आयोगले निर्धारित गरेको

  • दरखास्त दिने स्थान: श्री माध्यमिक विद्यालय लेटी गोविन्दपुर, रतुवामाई–५

  • सम्पर्क मिति: २०८२ असोज ३० गते

  • सम्पर्क नम्बर: ९८२६७०४९५६ (प्रधानाध्यापक), ९८४९११९३५५ (लेखापाल), ९८६६३९५०७४ (विद्यालय स.स.)

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र, अध्यापन अनुमति पत्र, शैक्षिक प्रमाणपत्र तथा पासपोर्ट साइजको फोटो संलग्न गर्नुपर्नेछ।

तपाइँको प्रतिक्रिया ।