उपत्यकाका जिल्लाले पार्टी केन्द्रीय कार्यालयमा र बाकिले जिल्लामै तरुण दलको ७३औ स्थापना दिवस मनाउने
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ४।
नेपाली काङ्ग्रेसको भात्री संगठन नेपाल तरुण दलको ७३ औ स्थापना दिवस २०८२ कार्तिक १० गते मनाइदै छ ।
तरुण दलको अध्यक्ष विद्वान गुरुङले उपत्यकाको तिन जिल्ला बाहेक बाकी सबै जिल्लाले जिल्लामै तरुण दलको ७३ औ स्थापना दिवसमा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम गरि मनाउन परिपत्र गरेका छन ।
उपत्यकाको तीन जिल्ला कार्यसमितिले तरुण दल केन्द्रीय समितिको आयोजनामा नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा गर्ने कार्यक्रममा सहभागी हुने अध्यक्ष गुरुङले बताउनुभएको छ ।
तरुण दलले यसपाली केन्द्र र जिल्ला भरी फरक शैलि अपनाएर आफ्नो स्थापना दिवस मनाउदैछ ।कार्यक्रमलाई केन्द्रीय अध्यक्ष अध्यक्षले स्वागत सम्बोधन गर्ने र प्रमुख अतिथिले सम्बोधन तथा धन्यवाद कार्यकम गरि उपस्थित सबै जनालाई चियापानमा सरिक हुन जानकारी दिइने भएको छ ।त्यसै गरि जिल्ला कार्यसमिति सोही बमोजिम गर्नु भनेर परिपत्र गरिएको छ ।कार्यक्रममा फुल मालाले स्वागत एवं लामो तरिकाको भाषण नहुने अध्यक्ष गुरुङले बताए ।
कार्यक्रममा पार्टी कार्यबाहक सभापती पुर्ण बहादुर खड्काज्यु , पदाधिकारी एवं केन्द्रीय सदस्यज्युहरु लगायत संघीय सांसद एवं राष्ट्रिय सभा सदस्य ,प्रदेश कार्यसमिती ,पार्टी प्रदेश माननीय ,गाउँ /नगर पालिका प्रमुख ,उपप्रमुख ,निर्वाचित जनप्रतिनिधी ,दलको केन्द्रीय सदस्यहरुको उपस्थिती रहने दलको मुख्य सचिब ठान प्रसाद पोखरेलले जानकारी दिए ।
उपत्यकाको जिल्लाको तिनओटै पार्टी जिल्ला सभापती एवं कार्यसमिती ,महानगर सभापती एवं कार्यसमिती ,क्षेत्रीय सभापती एवं कार्यसमिती ,गाउँ / नगर सभापती एवं कार्यसमिती ,वार्ड सभापती एवं कार्यसमितीलाई दलको स्थापना दिवसमा निमन्त्रणा गरिने कुरा मुख्य सचिब ठान प्रसाद पोखरेलले बताएका छन ।
कार्यालय मुख्य सचिब ठान प्रसाद पोखरेलले दिएको जानकारी अनुसार काठमाडौं, भक्तपुर र ललितपुरको तीन ओटै जिल्लाको तरुण दल जिल्ला कार्यसमिती मार्फत महानगर ,क्षेत्र ,गाउँ/नगर ,वडा तह सम्मको तरुण कार्यसमितिलाई कार्यक्रममा उपस्थिति गराइने छ ।
अन्य राजनितिक दलको भात्री सङठनको प्रमुखहरुलाई केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा निमन्त्रणा गरिने र जिल्लाले पनि त्यही अनुसार गर्ने कुरा मुख्य सचिब ठान प्रसाद पोखरेलले बताएका छन ।
तपाइँको प्रतिक्रिया ।
