अरुणिमा शैक्षिक प्रतिष्ठानमा नाटकलेखन तथा मञ्चन प्रतियोगिता सम्पन्न

अरुणिमा शैक्षिक प्रतिष्ठानमा नाटकलेखन तथा मञ्चन प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३ ।

अरुणिमा शैक्षिक प्रतिष्ठानले शुक्रबार अरुणिमा माध्यमिकविद्यालय, बौद्धमा अन्तर–अरुणिमा स्तरीय नाटकलेखन तथा मञ्चन प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतिष्ठान सञ्चालक समिति अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षतामा उक्त प्रतियोगिताामा प्रतिष्ठान अन्तर्गतका विद्यालयहरू अरुणिमा शिक्षा सदन मा.वि, महाङ्काल, नव अरुणिमामा.वि., आरुबारी र अरुणिमामा.वि. बौद्धबाट कक्षा ४ देखि ९ सम्मका ६ समूहबाट ६० जना छात्र–छात्राहरू सहभागी भएका थिए ।
अरुणिमा मा.विका सहायक प्रिन्सिपल दिपेन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गरेका थिए  भने नृत्याङ्गना तथा गीतिनाट्य कलाकार सुधा गुरुङ, हास्य व्यङ्ग्यकलाकार  कुमारमणि गजुरेल र गीति नाट्यकलाकार  प्रनेश श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
उक्त प्रतियोगितामा कक्षा ४ देखि ६ समूहबाट अरुणिमाशिक्षा सदनमा.वि. अरुणिमामा.वि. र नवअरुणिमामा.वि. क्रमस   प्रथम, द्वितीय र तृतीय भए भने कक्षा ७ देखि ९समूहबाट अरुणिमामा.वि., अरुणिमा शिक्षा सदन मा.वि र नव अरुणिमामा.वि. ले प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका थिए  ।
प्रथम रद्वितीय स्थान प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा प्रतिष्ठान सञ्चालक समिति सदस्य शम्भुप्रसाद बडाल,  गोपालप्रसाद बराल र  वसन्त रिजालले नाटकले समाजमा सचेतनाजगाउन खेल्ने महत्त्वपूर्ण भूमिकाका बारेमा चर्चा गर्दै विद्यार्थीहरूको हौसला बढाएका थिए  ।
कार्यक्रमका अध्यक्ष भीमानन्द ढुङ्गानाले नाट्य मञ्चन प्रतियोगिताबाट नवकलाकारहरूले भविष्यमा प्रतिष्ठानलाई विश्वमै परिचित गराउने शुभेच्छा व्यक्त गरेका थिए  ।
तपाइँको प्रतिक्रिया ।