हरिबोधनी एकादशी मेला मूल समारोह समिती गठन, कार्तिक १५ गतेदेखि शुरु हुने
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २।
बुढानिलकण्ठ मन्दिरमा यहि कार्तिक १५ गते देखि हुने हरिबोधनी एकादशी मेला व्यवस्थापनका लागि १००१ सदस्यीय मूल समारोह समिती गठन भएको छ।
बुढानिलकण्ठ मन्दिरका मठाधिस १००८ निगामानन्दको उपस्थितिमा भएको भेलाले बुढानिलकण्ठ मन्दिर व्यवस्थापन समितीका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा विभिन्न संघ संस्था,युवा क्लव,शैक्षिक संस्था,राजनीतिक दल लगायतको सहभागितामा १००१ सदस्यीय मूल समारोह समिती गठन गरिएको हो।
उक्त समितीको प्रमुख सल्लाहकारमा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख सहित वडा अध्यक्षहरु सो समितीको सल्लाहकार रहने जानकारी दिदै अध्यक्ष थापाले सो अवसरमा कार्तिक १३ गते देखि श्री मदभागवत महायज्ञ समेत आयोजना गरिने बताएका छन।
कार्तिक १५ गते एकादशी देखि १९ गते पुर्णिमा संग हुने सो मेलालाई व्यवस्थित रुपमा संचालन गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ।
को को छन उपसमितिमा संयोजक ?
१. आर्थिक उपसमिति : प्रमोद खड्का
२.धार्मिक उपसमिती : अरुण ठकुरी
३.धार्मिक स्वयंसेवक उपसमिती : रमिला वाग्ले
४.बजार व्यवस्थापन उपसमिती ; परमेस थापा
५.स्वयंसेवक उपसमिती : श्यामकाजी श्रेष्ठ
६.यातायात व्यवस्थापन उपसमिति : गोपाल कार्की
७.प्रचार प्रसार उपसमिति : भवानी भट्टराई देउजा
८.स्वास्थ्य उपसमिति : बुढानिलकण्ठ नगर अस्पताल
९.शान्ति सुरक्षा उपसमिती : बुढानिलकण्ठ प्रहरी प्रभाग
१०. सरसफाई उपसमिति : ECI Nepal ( सबिन वाग्ले )

