अमरज्योति प्राथमिक विद्यालयमा सहायक शिक्षक माग

अमरज्योति प्राथमिक विद्यालयमा सहायक शिक्षक माग

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १।

शुक्लागण्डकी नगरपालिका–१२, रातामाटास्थित श्री अमरज्योति प्राथमिक विद्यालयले करार सेवामा एक जना सहायक शिक्षक माग गरेको छ। विद्यालयले शुक्लागण्डकी नगरपालिकाको अनुमति अनुसार प्राथमिक तह तृतीय श्रेणी (सहायक शिक्षक) पदका लागि योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो।

सूचना अनुसार इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित दरखास्त प्रकाशित भएको मितिदेखि १५ दिनभित्र विद्यालयमा आवेदन दिन सक्नेछन्।

पद विवरणः

  • पद: प्राथमिक तह तृतीय श्रेणी (सहायक शिक्षक – करार)

  • संख्या: १ जना

  • शैक्षिक योग्यता: आई.ईडि. वा सो सरह उत्तीर्ण

  • दरखास्त शुल्क: रु. १००/-

  • तलब: नेपाल सरकारले तोकेको दरअनुसार

  • उमेर सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

आवश्यक कागजातः

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

  • शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि

  • अध्यापन अनुमतिपत्र (लाइसेन्स) को प्रतिलिपि

  • दरखास्त फारम, फोटो र अनुभव सम्बन्धी प्रमाणपत्र

परीक्षा विवरणः

  • परीक्षा प्रकार: लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक

  • आवेदन दिने अन्तिम मिति: २०८२/०७/१३ गतेसम्म

  • परीक्षा मिति: २०८२/०७/१५ गते विद्यालय समयभित्र

सम्पर्क विवरणः

श्री अमरज्योति प्राथमिक विद्यालय
शुक्लागण्डकी–१२, रातामाटा, तनहुँ
फोन: ९८४६८२३३४८, ९८६६९३६५५१
ईमेल: ammarjyotiprav11@gmail.com

तपाइँको प्रतिक्रिया ।