फ्रिडम फाइटरलाई पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि

फ्रिडम फाइटरलाई पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि
कपन अनलाइन
काठमाण्डौ, असोज ३०।

फ्रिडम फाइटर ‘बी’ ले पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चावहिलमा भएको प्रतियोगिताको फाइनला फ्रिडम ‘बी’ ले चावहिल स्पोर्ट्स क्लब ‘ए’ लाई १–० को झीनो गोलअन्तरले पराजित ग¥यो । कन्या गुरुङले निर्णायक गोल गरे । विजेता टोलीकै नरकुमार राई फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
उपाधिसंगै फ्रिडमले १ लाख नगद पुरस्कार पायो भने चावहिलले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
विजेताका कन्या प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । रोशज शाही उत्कृष्ट खेलाडी, सचिन श्रेष्ठ उत्कृष्ट गोलरक्षक र सगुन श्रेष्ठ उत्कृष्ट डिफेन्डर बने । तीनै चावहिल ‘ए’ का हुन् । उत्कृष्ट चारैलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरियो ।
विजेतालाई अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराजजंग शाही, आयोजक वडाका अध्यक्ष विमलकुमार होडा, वडा सदस्य एवं प्रतियोगिता संयोजक सुरेश शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असोज २५ गतेदेखि सुरु भएको सिक्स ए साइड स्वरुपको नकआउट प्रतियोगितामा २० टिम सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।