काठमाण्डौ विद्यालयमा Champions League Season III शुरु

काठमाण्डौ विद्यालयमा  Champions League Season III शुरु
कपन अनलाइन
काठमाण्डौ, असोज २७।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको काठमाण्डौ विद्यालयमा  Champions League Season III शुरु भएको छ।
नियमित पठन पाठन संगै विद्यार्थीहरुको रचनात्मक कला र शिपको विकासका लागि आयोजना गरिदै आएको सो प्रतियोगितामा विभिन्न खेलहरु समावेस रहेका छन।
हरेक वर्ष दशैँ तिहारको विचमा विद्यालयले आयोजना गर्दै आएको सो प्रतियोगिता असोज २६ गते देखि ३० गते सम्म संचालन हुने विधालयका प्रिन्सिपल सुस्मिता मैनालीले जानकारी दिएकी छन।
सो प्रतियोगितामा Futsal , Basketball , Table Tennis   लगायतका खेलहरु समावेस गरिएका छन।
तपाइँको प्रतिक्रिया ।