मौसम पूर्वानुमान : कुन कुन जिल्लामा छ उच्च जोखिमको सम्भावना ?

मौसम पूर्वानुमान : कुन कुन जिल्लामा छ उच्च जोखिमको सम्भावना ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १७।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा अति उच्च जोखिम को सम्भावना रहने पूर्वानुमान छ।

हाल विशेष गरी बागमती प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा मेध गर्जन /चट्याङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ । वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशा तर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकोले सतर्कता अपनाऊनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध छ।
थप जानकारीका लागिः https://dhm.gov.np/mfd
तपाइँको प्रतिक्रिया ।