असोज १७ देखि २० गतेसम्म १७ वटा जिल्ला बाढीको उच्च जोखिममा, कुन कुन छन ?
कपन अनलाइन
काठमाण्डौ ,असोज १७।
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायुका कारण असोज १७ बाट २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना रहेको विभागले जनाएको छ।
हालको विश्लेषण अनुसार उक्त अवधिमा नारायणी, बागमती, कमला र कोशी नदी र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको छ।
यसका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका महाभारत, चुरे हुँदै बहने स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना पनि देखाएको छ।
क्त अवधिमा बागमती प्रदेशका काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन; कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा; मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, मोरङ र आसपासका जिल्ला हुँदै बहने स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको बताएको छ।
