चन्द्रागिरि १ दहचोकमा एक महिलाको हत्या,आरोपमा पक्राउ परे ३२ बर्षिय युवक

चन्द्रागिरि १ दहचोकमा एक महिलाको हत्या,आरोपमा पक्राउ परे ३२ बर्षिय युवक

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचोक,खहरे थापागाँउमा ६८ बर्षिय महिलाको हत्याभएको छ। बुधबार बिहान करिव ११ बजे चन्द्रागिरि नगरपालीका वडा नम्बर ६ घर भएकी ६८ बर्षिय पबित्रा के.सी को हत्या भएको हो ।

उनी चन्द्रागिरि नगरपालिका वडानम्बर १ दहचोक खहरे थापागाँउ स्थित माईति घरमा बस्दै आएकी थिइन । दाउराको चिर्पटले टाउकोमा प्रहार गरी उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

के.सी आफ्नै घरमा बसि रहेको अवस्थामा छिमेकीले दाउराको चिर्पटले टाउकामा हानेको बताइएको छ । प्रहरीले हत्या गरेको आरोपमा चन्द्रागिरि–१ दहचोक खहरे थापागाँउका ३२ बर्षिय सरोज थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।हत्याको कारण भने खुलेको छैन ।

तपाइँको प्रतिक्रिया ।