श्री बुढानिलकण्ठ नारायणस्थान मन्दिर गुठी व्यवस्थापन समितीको अध्यक्षमा इन्द्र बहादुर थापा, को को बने सदस्य ?
कपन अनलाइन
काठमाडौं, असोज ८।
श्री बुढानिलकण्ठ नारायणस्थान मन्दिर गुठी व्यवस्थापन समितीको अध्यक्षमा इन्द्र बहादुर थापा नियुक्त भएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं २ निवासी थापालाई गुठी संस्थानले अध्यक्ष पदमा नियुक्त गरेको हो।
बुढानिलकण्ठ मन्दिरको धार्मिक तथा आध्यात्मिक महत्वलाई प्रवर्धन गर्ने र मन्दिर व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको सो समितिको सदस्यहरुमा कृष्ण बहादुर तामाङ,केशर ठकुरी , नबराज भण्डारी र तारा कुमारी देउवा नियुक्त भएका छन्।
नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमितिका सचिव समेत रहेका थापा बुढानिलकण्ठ क्षेत्रमा लामो समयदेखी सामाजिक ,शैक्षिक र राजनीतिक क्षेत्रमा सक्रिय रहदै आएका छन।
तपाइँको प्रतिक्रिया ।
