युवा तथा खेलकुद मन्त्रिमा खेलकुद विसेषज्ञ अधिवक्ता (Sports Lawyer ) आयुष गौतमको चर्चा
कपन अनलाइन
काठमाण्डौ,असोज ६।
नेपालको खेलकुद क्षेत्रका विविध आयाममा सक्रिय रहेका युवा अधिवक्ता आयुष गौतम नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रि बन्ने चर्चा व्यापक बनेको छ।
GEN Z आन्दोलन पश्चात बनेको सरकारमा अधिवक्ता तथा कमेन्टेटर गौतम सोहि पुस्ताको प्रतिनिधित्व गर्ने मन्त्रि बन्ने चर्चाले नेपालको खेलकुद क्षेत्र अहिले तातेको छ।
विभिन्न क्याम्पसमा अध्यापन समेत गर्दै आएका गौतम नेपाल सुपर लिग, नेपाल प्रिमियर लिग र फोर नेसन्स कबड्डी कपका कानुनी सल्लाहकार हुन्।
विभिन्न क्रिकेट प्रतियोगिताहरुमा सफल कमेन्टेटर समेत रहेका गौतम नेपालको खेलकुद कानुन सुधार तथा विकासका लागि सक्रिय रहेका छन भने उनले ICC Men’s Cricket र वर्ल्ड कप लिग २ मा पनि भूमिका निर्वाह गरेका छन।
GEN Z आन्दोलनको भावनालाई प्रतिनिधित्व गर्दै नेपालको खेलकुद क्षेत्रलाई चलायमान र युवाहरुको प्रभावकारी सहभागिता सहित अगाडी बढाउने आफ्नो योजना रहेको बताउने २७ वर्षीय गौतम संगै अहिले मन्त्रिमा शहदेव खत्री र बब्लु गुप्ताको पनि चर्चा रहेको छ।
