बाल हितकारी सुसेलीहरू : सुशील आचार्य

बाल हितकारी सुसेलीहरू : सुशील आचार्य

कपन अनलाइन

काठमाण्डौ,असोज ४।

१. अघि सरौं न
बाल अधिकारको
कुरा गरौं न
२. आशा एउटै
बाल सुरक्षा गर्ने
मान्छे देउतै
३. पढन जाउँ
अनि आफ्नो भबिष्य
राम्रो बनाउँ
४. बालाको साथी
सधँै मिलेर खेल्ने
असाध्यै जाती
५. बिरामी परे
पक्कै निको भईन्छ
औषधि गरे ।
६. लौ खेल्नु खेल
तर कहिल्यै पनि
नगरि झेल
७. पढौँ पढाऔँ
अनि बालाहरूको
ज्ञान बढाऔँ ।
८. आशा एकै हो
हाम्रा बालाहरूको
हित हुने भो
९. स्कुल गएर
पढ बाबु नानी हो
ज्ञानी भएर
१०. अघि सर न
बालवालिकाको लौ
मायाँ गर न
११. अगाडि सर
बल क्लव खोलेर
उन्नती गर
१२. किन हो कुन्नी
बालाहरूको त लौ
कुरै नसुन्नी
१३. चेतना छर
बाला अगाडि सर्छन्
मद्दत गर
१४. सबैको जित
यदि भएमा पक्कै
बालाको हित
१५. जय मनाऔं
बालमैत्रि समाज
हामी बनाऔँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।