आन्दोलन : सुरेशचन्द्र घिमिरे (कविता )

आन्दोलन : सुरेशचन्द्र घिमिरे (कविता )

कपन अनलाइन

काठमाण्डौ,असोज ४।

१. देखायौ रीस
कालो दिन बनेछ
भाद्र तेईस
२. खै त बचाको
के को दोष थियो र
साना युवाको
३. गरे कि चियो
गोली ठोक्ने आदेश
कसले दियो ?
४. परेछन् दुःख
एकै दिन परेछन्
मृत्युको मुख
५. थेग्न सकिन्न
भने रक्षा कर्मीले
रोक्न सकिन्न
६. अब जोगिन्न
जनता मारेर नि
नेता रोकिन्न
७. आर्मी थिएनन्
नेतालाई सुरक्षा
कोही दिएनन्
८. मेसो चलाए
मौका छोपी नेताको
घर जलाए
९. आत्मा जलेको
सरकारी भवन
पुरै बलेको
१०. कहाँ पाइन्छ
जो आए नेतृत्वमा
भोलि चाहिन्छ
११. दोष नपारौँ
जे जे हुनु भैसक्यो
अब सुधारौँ
१२. तिम्रै छ सार
जेन्जी भन्ने समुह
समृद्ध पार
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।