महाराजगञ्ज क्षेत्रमा लुटपाट गर्ने ४ जना व्यक्तिहरु सहित ७ नाल हतियार बरामद
कपन अनलाइन
काठमाण्डौ,भाद्र २६।
नेपाली सेनाले महाराजगञ्ज ईलाकाबाट लुटपाट गर्ने ४ जना व्यक्तिहरु सहित ७ नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, व्युनेट लगायतका एसेसरिजहरु तथा व्यक्तिगत सामाग्रीहरु बरामद गरेको ।
विशेष सूचनाको आधारमा बालाजु माछापोखरी ईलाकाबाट थप १ (एक) नाल हतियार बरामद गरिएको छ । हालसम्म ७३ नाल हतियार बरामद भएको ।
काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदिबन्दीको नेपाल प्रहरीसंग झडप भएकोमा हाल स्थिति नियन्त्रणमा आएको छ । त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको छ ।
सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जनालाई पक्राउ गरेको छ ।
तपाइँको प्रतिक्रिया ।
