घटराज मेमोरियल स्कुल बुढानिलकण्ठमा SEE दिएका विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
घटराज मेमोरियल स्कुल बुढानिलकण्ठमा SEE दिएका विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र विध्यालयका संस्थापक प्रधानाध्यापक डा. राजेशराज भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा SEE परिक्षामा जिपिए ४ ल्याउने विध्यार्थीलाई १ लाख नगद सहित सम्मान गरिएको थियो।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनी,समाजसेवी सुन्दर चालिसे सहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरुको उपस्थिति रहेको सो कार्यक्रममा जिपिए ४ ल्याउने आशुतोष सुवेदीलाई नगद १ लाख प्रदान गरिएको थियो।
विद्यालयका विद्यार्थीहरुको सांस्कृतिक तथा सांगितीक प्रस्तुति रहेको उक्त कार्यक्रममा संचारकर्मीहरुलाई सम्मान गर्नुका साथै अन्य रचनात्मक गतिविधिहरु पनि प्रस्तुत गरिएको थियो।
