श्री कर्मवीर माध्यमिक विद्यालयमा शिक्षक आवश्यकता
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १९।
मोरङको बुढीगंगा–५, हात्तीमुडामा रहेको श्री कर्मवीर माध्यमिक विद्यालयले करार सेवामा शिक्षकको आवश्यकता रहेको जनाएको छ। विद्यालयले जारी गरेको सूचनाअनुसार प्रावि. तृतीय श्रेणीको शिक्षक पदका लागि आवेदन आह्वान गरिएको हो।
सूचना अनुसार सो पदमा नियुक्ति पाउन न्यूनतम मान्यता प्राप्त शिक्षण संस्था वा समितिबाट कक्षा १०+२ वा सो सरह उत्तीर्ण हुनुपर्नेछ।
पद विवरण
-
विज्ञापन नं.: ०१/०८२/०८३
-
पद: प्रावि. शिक्षक
-
संख्या: १
-
किसिम: करार
योग्यता र अन्य विवरण
-
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको।
-
दरखास्त शुल्क: रु. ५००
-
आवश्यक कागजात:
-
शैक्षिक प्रमाणपत्रको २ प्रति
-
नेपाली नागरिकताको प्रमाणपत्र २ प्रति
-
अध्यापन अनुमतिपत्र २ प्रति
-
-
नियुक्ति र तलब भत्ता नेपाल सरकारको दरअनुसार।
महत्वपूर्ण मिति
-
दरखास्त दिने अन्तिम मिति: २०८२/०४/३१ गते विद्यालय समयभित्र।
-
सम्पर्क मिति: २०८२/०५/०१ गते।
-
परीक्षा प्रकार: लिखित तथा अन्तर्वार्ता।
विद्यालय व्यवस्थापन समितिले शिक्षक सेवा आयोगबाट प्रकाशित करार सूचीमा नाम समावेश भएकाहरूले निवेदन दिएमा सोही सूचीबाट छनोट गरिने र नभएमा खुल्ला प्रतिस्पर्धात्मक नियमअनुसार परीक्षा संचालन गरिने जानकारी दिएको छ
