सार्वजनिक सम्पति संरक्षणमा आक्रामक बन्यो बुढानिलकण्ठ : अतिक्रमित संरचनामा डोजर चल्यो
कपन अनलाइन
काठमाडौं , भाद्र ४ ।
बुढानिलकण्ठ नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण भएका संरचनाहरु माथि डोजर चलाएको छ । लामो समय सम्म सार्वजनिक सम्पति अतिक्रमण गरेर उपभोग गर्दै आएका विभिन्न संरचनाहरुमा नगरपालिकाले डोजर चलाएको हो।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र १२ को सिमानामा रहेका विभिन्न संरचनाहरु मंगलवार भत्काइएको हो। सो स्थानमा बनेका स्थायी र अस्थायी संरचनाहरु भत्काउदै नगरपालिकाले अन्य स्थानमा पनि यो कार्यलाई अभियानका रुपमा लैजाने बताएको छ।
नगर प्रहरी र नेपाल प्रहरीको ठुलो शंख्या सहित सो स्थानमा पुगेका बुढानिलकण्ठ नगरपालिका वडा नं ११ अध्यक्ष राजु अधिकारी र १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले वडाका अन्य स्थानमा पनि अतिक्रमण रहेको बताउदै यो कार्यलाई अभियानका रुपमा अगाडी बढाएर सार्वजनिक सम्पतिको संरक्षण गर्ने जानकारी समेत दिएका छन।
त्यस्तै सो स्थानमा पुगेका सार्वजनिक जग्गा संरक्षण समितिका सदस्य निशा बराल र प्रमोद अधिकारीले पनि सार्वजनिक जग्गा संरक्षण गर्न अतिक्रमित स्थानमा डोजर चलाउन नगरपालिकाले लिएको पहल सह्रानीय भएको धारणा राखेका थिए।
सो समयमा बुढानिलकण्ठ नगर प्रहरी प्रमुख इन्स्पेक्टर दिनेश देउजाको र डोजर अपरेटर सहित नगर प्रहरीहरुको निकै सक्रियता रहेको थियो।
