श्री सुतान्खान माध्यमिक विद्यालय गोकर्णेश्वर-३ मा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाडौँ, भाद्र १ ।
गोकर्णेश्वर नगरपालिका–३ स्थित श्री सुतान्खान माध्यमिक विद्यालयले गणित विषयका लागि शिक्षक माग गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार न.सा.शि. द्वितीय गणित (करार) पदका लागि विज्ञापन प्रकाशित गरिएको हो।
विद्यालयले प्रकाशित गरेको सूचनाअनुसार कुल १ जना शिक्षक माग गरिएको छ। उम्मेदवारले कक्षा १०+२/प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै शिक्षक सेवा आयोगले तोकेको शैक्षिक योग्यता पूरा गरेका उम्मेदवार मात्र आवेदन दिन सक्नेछन्।
उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको ७ दिनभित्र तोकिएको छ।
परीक्षा लिखित, मौखिक तथा आवश्यक परे कक्षा अवलोकनमार्फत लिइनेछ भने परीक्षा मिति र समय पछि सूचित गरिने विद्यालयले जनाएको छ।
आवेदनका लागि शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, अनुभव पत्र, तालिम प्रमाणपत्र तथा अध्यापन अनुमतिपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। दरखास्त शुल्क रु ७०० तोकिएको छ।
तलब तथा भत्ता नेपाल सरकारको नियमानुसार हुनेछ। इच्छुक उम्मेदवारले विद्यालयमा उपस्थित भई वा इमेल (schoolsuntakhan2008@gmail.com) मार्फत पनि फाराम बुझाउन सक्नेछन्।
