गजल : नवराज न्यौपाने ‘मौन’

गजल :  नवराज न्यौपाने ‘मौन’

कपन अनलाइन

काठमाडौँ, साउन ३१।

मनुष्य गर्छ साधना, मिलाप उन्न सक्दछ
लिएर मात्र धीरता, विलाप सुन्न सक्दछ ।

चुलिन्छ वर्ग चेतना, सिकाउने कुनै भए
डुबेर राष्ट्रप्रेममा, हिसाब गुन्न सक्दछ ।

स्वतन्त्र मार्ग रोज्छ जो, बनेर आज आँटिलो
खराब पात्र बिर्सिदै,सुपात्र चुन्न सक्दछ ।

प्रकाशपुञ्ज फैलिए, हिमाल हाँस्छ सुस्तरी
विकास गर्न तम्सिए, नदी नि थुन्न सक्दछ ।

इमान मात्र बोक्छ जो, समान देख्छ लोक यो
गमेर पाइला उठे, प्रशस्ति सुन्न सक्दछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।