बोलबम हिँडेकी कपनकी एक महिलाको सुन्दरीजलमा चिप्लिएर लड्दा मृत्यु
कपन अनलाइन
काठमाडौँ, साउन १९।
बोलबम हिँडेकी एक जना महिलाको सुन्दरीजलमा चिप्लिएर लड्दा मृत्यु भएको छ ।
चितवन घर भएर कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी आइतबार राति लडेपछि उनलाई उद्धार गरेर जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा ल्याइएको थियो ।
राति १ बजेर ३५ मिनेटमा उनी आफ्ना साथीहरूसँग गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरमा बोलबम गएकी थिइन् । सो क्रममा उनी चिप्लिएर खोलामा डुबेकी थिइन् । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
तपाइँको प्रतिक्रिया ।
