नेवा: रास्ट्रीय मुक्ति मोर्चा बुढानिलकण्ठको अध्यक्षमा बाबुराजा श्रेष्ठ, को को बने पदाधिकारी र सदस्य ?

नेवा: रास्ट्रीय मुक्ति मोर्चा बुढानिलकण्ठको अध्यक्षमा बाबुराजा श्रेष्ठ, को को बने पदाधिकारी र सदस्य ?

कपन अनलाइन
काठमाडौँ, साउन ११।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ   नगर कमिटीले नेवा राष्ट्रिय मुक्ति मोर्चाको  अधिवेशन सम्पन्न गरेको छ।अधिवेशनबाट बाबुराजा  श्रेष्ठको नेतृत्वमा नेवा मुक्ति मोर्चाको १५ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

उक्त कमिटीको उपाध्यक्षमा सबिता श्रेष्ठ र सचिवमा प्रेम कुमार श्रेष्ठ चयन भएका छन भने उपसचिवमा धनकुमार श्रेष्ठ चयन भएका छन। त्यस्तै सो कमिटीको कोषाध्यक्षमा यशोदा प्रधान र सदस्यहरुमा विक्रम नगरकोटी, विकास नगरकोटी,सानुबाबु नगरकोटी,उज्ज्वल श्रेष्ठ ,राजकुमार नगरकोटी ,संदेश नगरकोटी ,शारदा श्रेष्ठ, सनम श्रेष्ठ, भागीरथा श्रेष्ठ र प्रेमलाल श्रेष्ठ चयन भएका छन ।

नेकपा माओवादी केन्द्र काठमाडौँ जिल्ला इन्चार्ज हिमाल शर्मा प्रमुख आतिथ्ययतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा इन्चार्ज कुमार बोगटी , नेवा राष्ट्रिय मुक्ति मोर्चाका उमेश स्थापित, काठमाडौँ जिल्ला अध्यक्ष संजय लामा, बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष भाइनारायण श्रेष्ठ र माओवादी केन्द्रका स्थानीय नेता दामोदर पौडेल लगायतको उपस्थिति रहेको थियो  ।

 

तपाइँको प्रतिक्रिया ।