प्रथम मितेरी 6 A साइड खुल्ला फुट्सल प्रतियोगिता हुने
कपन अनलाइन
काठमाडौँ, साउन ६।
प्रथम मितेरी 6A साइड खुल्ला फुट्सल प्रतियोगिता हुने भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा -२ मा रहेको मितेरी स्पोर्ट्स हब फुट्सलमा हुने सो प्रतियोगितामा शिवपुरी युथ क्लबको ब्यवस्थापन रहेको छ।
वडा -२ का अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त पत्रकार सम्मेलनमा वडा -८ का अध्यक्ष तथा नगर खेलकुद समितिका संयोजक सुमन तामाङ, नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिकि संयोजक शान्ता ढकाल पुडासैनी,शिवपुरी युथ क्लबका अध्यक्ष मधु कार्की लगायतको उपस्थिति रहेको थियो ।
यही श्रावण १७ र१८ गते हुने उक्त प्रतियोगितामा विजेता हुने टिमले ६० हजार, दितिय हुनेले ३० हजार र उत्कृष्ट खेलाडी र गोल रक्षकले नगर २५ सय पुरस्कार प्राप्त गर्ने मितेरी स्पोर्ट्स हबका अध्यक्ष लुकेन्द्र राइले जानकारी दिएका छन।
उक्त प्रतियोगितामा टिम दर्ता शुल्क ५ हजार रहेको छ।
