बलेफी गाउँपालिका सिन्धुपाल्चोकमा कर्मचारी आवश्यकता ।

बलेफी गाउँपालिका सिन्धुपाल्चोकमा कर्मचारी आवश्यकता ।

कपन अनलाइन

काठमाडौं , साउन ४ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले आवश्यक सेवा करारमा कर्मचारी पदपूर्ति गर्न सूचना प्रकाशित गरेको छ। 2081/04/02 मा पहिलो पटक प्रकाशित उक्त सूचनामा स्वास्थ्य तथा प्राविधिक सेवा सम्बन्धी विभिन्न पदहरूमा योग्य र इच्छुक नेपाली नागरिकहरूलाई दरखास्त दिन आह्वान गरिएको छ।

सूचनाअनुसार करार सेवामा नियुक्त गर्न निम्न पदहरूमा दरखास्त माग गरिएको छ:

  1. ANM (सहायक स्तर चौथो) — 1 जना
    • कार्यस्थल: गाउँपालिकाका मातहतका स्वास्थ्य संस्थाहरू
  2. Staff Nurse (पाँचौं) — 1 जना
    • कार्यस्थल: गाउँपालिकाका मातहतका स्वास्थ्य संस्थाहरू
  3. Lab Assistant (चौथो) — 1 जना
    • कार्यस्थल: गाउँपालिकाका मातहतका स्वास्थ्य संस्थाहरू

आवश्यक योग्यता तथा शर्तहरू:

  • नेपाली नागरिकता प्रमाणपत्र
  • सम्बन्धित पदको शैक्षिक प्रमाणपत्र, २ प्रति पासपोर्ट साइजको फोटो
  • अनुभव प्रमाणपत्र (ANM तथा Staff Nurse का हकमा SBA तालिम प्राप्तलाई प्राथमिकता)
  • उमेर सीमा: १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
  • दरखास्त दस्तुर: रु ५०० (बलेफी गाउँपालिकाको आन्तरिक आम्दानी कोषमा जम्मा गर्ने)

दरखास्त दिने अन्तिम मिति:

  • सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (2081/04/17 सम्म)

इच्छुक उम्मेदवारहरूले बलेफी गाउँपालिकाको कार्यालयमा सम्पर्क गरेर दरखास्त दिन सक्ने छन्। थप जानकारीका लागि फोन नम्बर 9841921464 वा 9841921463 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत
बलेफी गाउँपालिका, सिन्धुपाल्च

तपाइँको प्रतिक्रिया ।