धुलिखेल अस्पतालमा मेडिकल अफिसरको लागि दरखास्त आह्वान ।
कपन अनलाइन
काठमाडौं , असार ३१ ।
धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पतालले मेडिकल अफिसर पदका लागि केही संख्यामा कर्मचारी आवश्यकता भएको जानकारी दिएको छ। इच्छुक तथा योग्य उम्मेदवारहरूले आवश्यक कागजातसहित आगामी जुलाई १८, २०२५ भित्र दरखास्त दिन सक्नेछन्।
अस्पतालले धुलिखेल अस्पताल तथा आउटरीच सेन्टरका लागि मेडिकल अफिसरको माग गरेको हो। दरखास्त दिनका लागि निम्न कागजातहरू अनिवार्य गरिएको छ:
- निवेदन पत्र
- नेपाल मेडिकल काउन्सिल (NMC) को प्रमाणपत्र
- बायोडाटा (CV)
- नागरिकताको प्रतिलिपि
- शैक्षिक प्रमाणपत्रहरू
दरखास्त दिने उम्मेदवारहरूले रु. ५०० को नफर्काइने शुल्क धुलिखेल अस्पतालको निम्न खातामा बुझाउनु पर्नेछ:
बैंक विवरण:
- नाम: धुलिखेल अस्पताल
- खाता नम्बर: 1030245752400003
- बैंक: कुमारी बैंक लिमिटेड
दरखास्त दिने उम्मेदवारहरूमध्ये छनोट प्रक्रिया लेखन, अन्तर्वार्ता वा दुवै माध्यमबाट हुनेछ। छनोट प्रक्रिया जुलाई २१, २०२५ मा बिहान १०:०० बजे हुने जानकारी विज्ञप्तिमा उल्लेख छ।
थप जानकारीका लागि अस्पतालको सञ्चार विभागमा सम्पर्क गर्न सकिनेछ।
तपाइँको प्रतिक्रिया ।
