LEADS को प्रथम साधारण सभा सम्पन्न,अध्यक्षमा विष्णु चन्द्र अधिकारी : को को छन पदाधिकारी ?

LEADS को प्रथम साधारण सभा सम्पन्न,अध्यक्षमा विष्णु चन्द्र अधिकारी : को को छन पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असार २७।

शिक्षा र विकासका लागि नेतृत्वदायी समाज, नेपाल (LEADS) को प्रथम साधारण सभा सम्पन्न भएको छ। LEADS का अध्यक्ष विष्णुचन्द्र अधिकारीको अध्यक्षता र काठमाडौं क्षेत्र ४ (१) बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य जयराम थापाको प्रमुख आतिथ्यता तथा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीको विशेष आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो।

उक्त प्रथम साधारण सभाले विष्णुचन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। सो समितिको उपाध्यक्षमा गणेश कुमार  मिश्र र सचिवमा गीता बहादुर लामिछाने ( रुपक ) चयन भएका छन। कोषाध्यक्षमा नवराज भट्टलाई चयन गरेको सो साधारण सभाले सदस्यमा डम्बर सिंह केसी र अनिता अधिकारीलाई चयन गरेको छ।

सो साधारण सभामा , नेपाली कांग्रेस काठमाण्डौ जिल्ला समितिका सचिव इन्द्र बहादुर थापा,  जे.एस. पौडेल, अध्यक्ष, पेट्सन, केन्द्रीय समिति, प्रमुख सल्लाहकार, लिडस , थकिन कुमार गुरुङ, उपाध्यक्ष, प्याब्सन केन्द्रीय समिति लोकेन्द्र बहादुर खड्का, सचिवालय सदस्य, खेमराज घिमिरे, सचिवालय सदस्य, बागमती, प्रदेश नबराज भट्ट, अध्यक्ष, प्याब्सन काठमाडौं , जेबि हमाल, सल्लाहकार, प्याब्सन काठमाडौं/लिड्स,सुदर्शन थापा, वरिस्ठ उपाध्यक्ष प्याब्सन काठमाडौं ,कृष्ण भण्डारी, सचिव, प्याब्सन काठमाडौं. मुरारी भण्डारी, सल्लाहकार,समिर बास्तोला, उपाध्यक्ष, एनप्याब्सन काठमाडौँ, सल्लाहकार, लिड्स ,खेमलाल भुसाल, सल्लाहकार, लिड्स नेपाल/प्याब्सन बुढानिलकण्ठ, प्रदिप श्रेष्ठ, सदस्य, प्याब्सन काठमाडौँ ,राधेश्याम श्रेष्ठ, अध्यक्ष, प्याब्सन बुढानिलकण्ठ,. राजेन्द् पुडासैनी, अध्यक्ष, एन. प्याब्सन बुढानिलकण्ठ ,टिका गौतम, उपाध्यक्ष, प्याब्सन बुढानिलकण्ठ ,कृष्ण प्रसाद लामिछाने, सचिव, , प्याब्सन बुढानिलकण्ठ , शर्मिला केसी, सदस्य, प्याब्सन बुढानिलकण्ठ , नबराज भट्ट, सदस्य, प्याब्सन बुढानिलकण्ठ , इन्द्रमणि दाहाल, सदस्य, प्याब्सन बुढानिलकण्ठ , प्रदिप कट्टेल, सदस्य, प्याब्सन बुढानिलकण्ठ, प्याब्सकका अध्यक्ष राजन श्रेष्ठ  लगायतको उपस्थिति रहेको थियो।

LEADS का उपाध्यक्ष गणेश कुमार मिश्रले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन सचिव रुपक लामिछानेले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।