एसइइ परिक्षामा सफल विध्यार्थीहरुलाई साम्तेन मेमोरियल एजुकेसनल एकेडमीको सम्मान
कपन अनलाइन
काठमाडौं,असार २२।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको साम्तेन मेमोरियल एजुकेसनल एकेडमीले एसइइ परिक्षामा सफल विध्यार्थीहरुलाइ सम्मान गरिएको छ।
एसइइ परिक्षा -२०८१ मा उतिर्ण विध्यार्थीहरुलाई सम्मान गरिएको सो कार्यक्रमको प्रमुख अतिथि वडा नं ११ का अध्यक्ष राजु अधिकारी रहेका थिए।
विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष निम्तो नवाङ शेर्पाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष सुदिप काफ्ले, विध्यालयका संचालक निमा शेर्पा, ब्यवस्थापन समितिमा अभिभावक प्रतिनिधि दिलिप केसी लगायत अतिथि रहेका थिए।
विध्यालयका प्रधानाध्यापक गोविन्द सिंह धामीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमका वक्ताहरुले परिक्षामा सफल विध्यार्थीहरुलाई सुनौलो भविष्यको शुभकामना व्यक्त गरेका थिए।
उक्त विध्यालयका सहायक प्रधानाध्यापक दिनेश भुजेलले संचालन गरेको सो कार्यक्रममा शिक्षक प्रतिनिधि मन्जु सापकोटा र अभिभावक प्रतिनिधि दिलिप केसिले शुभकामना मन्तव्य राखेका थिए ।
