नेसनल प्याब्सन बुढानिलकण्ठले असार १५ गते जिल्ला ब्यापी वादविवाद प्रतियोगीता गर्ने
कपन अनलाइन
काठमाण्डौ ,असार १२।
नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको आयोजना र जिल्ला समितिको संयोजनमा जिल्लब्यापी वादविवाद प्रतियोगिता हुने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा -७ को बुढानिलकण्ठ स्विमिङ पुलमा आयोजना भएको पत्रकार सम्मेलनमा असार १५ गते हुने सो प्रतियोगिताका बारेमा जानकारी प्रदान गरिएको थियो।
रोजगारीको लागि बिदेशिने हो कि उधमशिलताले देशलाई बदल्ने हो ? भन्ने विषयमा बुढानिलकण्ठ -१० को मिलनचोक पार्टी भेन्युमा हुने उक्त प्रतियोगितामा काठमाडौं जिल्लाका १०० भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहने कार्यक्रम संयोजक कमलमणि न्यौपानेले जानकारी दिएका छन। नगर अध्यक्ष राजेन्द्र पुडासैनीले विध्यार्थीहरुको सृजन्शिलता र क्षेमता बिकासका लागि प्रतियोगिता आयोजना गरिएको बताएका छन।
सो पत्रकार सम्मेलनमा नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुबाष न्यौपाने, बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी , केन्द्रीय उपाध्यक्ष बिष्णु पराजुली , केन्द्रीय कोषाध्यक्ष खड्क बहादुर बस्नेत, केन्द्रीय सदस्य भिश्म ढकाल, बागमती प्रदेश अध्यक्ष देव नारायण महतो , जिल्ला अध्यक्ष अमृत खड्का लगायतको उपस्थिति रहेको थियो ।
