राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा बुढानिलकण्ठ कपनमा रक्तदान

राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा बुढानिलकण्ठ कपनमा  रक्तदान

कपन अनलाइन

काठमाडौं,असार ७ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी बुडानिलकण्ठ नगरपालिका वडा नम्बर १०, ११ र १२ को संयुक्त आयोजनामा भएको सो रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कपन ह्यान्डबल मैदानमा भएको सो रक्तदान कार्यक्रममा नगर सभापति राधा शाह लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी बुढानिलकण्ठ र वडा समितिहरूले विभिन्न समयमा विविध किसिमका रचनात्मक गतिविधिहरु गर्दै आइरहेका छन्।|

तपाइँको प्रतिक्रिया ।