बुढानिलकण्ठ नगरपालिका वडा -१२ मा होमस्टे ब्यवस्थापन तथा प्रवर्द्धन कार्यक्रम शुरु

बुढानिलकण्ठ नगरपालिका वडा -१२ मा होमस्टे ब्यवस्थापन तथा प्रवर्द्धन कार्यक्रम शुरु

कपन अनलाइन

काठमाडौं , जेष्ठ २० ।

बुढानिलकण्ठ नगरपालिका वडा -१२ मा होमस्टे ब्यवस्थापन तथा प्रवर्द्धन कार्यक्रम शुरु भएको छ।
चार दिन सम्म चल्ने सो तालिममा शैदान्तिक शिक्षाका साथमा स्थलगत अवलोकन कार्यक्रम रहेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा -१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षतामा भएको तालिम शुभारम्भ कार्यक्रममा नगर उप प्रमुख अनिता लामा प्रमुख अतिथि रहेकी थिइन।
बुढानिलकण्ठ नगरपालिकाका  लेखा महाशाखा प्रमुख केदार प्रसाद देवकोटा , आर्थिक महाशाखा प्रमुख केदार खड्का,योजना महाशाखाका रुपक अधिकारी,  वडा सदस्यहरु ईश्वरी भट्टराई , उध्योग तथा पर्यटन शाखा प्रमुख शान्ति ढकाल , वडा सचिव स्वर्णिम अधिकारी लगायत अतिथि रहेका थिए।
वडाका विभिन्न समुह तथा वडावासीहरुको सहभागीता रहेको सो कार्यक्रम उद्घाटन समारोहमा कार्यपालिका सदस्य शान्ता ढकाल पुडासैनीले स्वागत मन्तव्य राखेकी थिइन भने वडा सदस्य मिना बयलकोटीले कार्यक्रम संचालन गरेकी थिइन।
उक्त तालिममा  सज्जा  केसी , आयुसा प्रसाईं र जेम्स महर्जनले सहभागीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।