अन्ततः बुढानिलकण्ठका प्रमुख मिठाराम अधिकारीले गरे साप्रेढुङ्गा पुल शिलान्यास

अन्ततः बुढानिलकण्ठका प्रमुख मिठाराम अधिकारीले गरे साप्रेढुङ्गा पुल शिलान्यास

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ६।

बुढानिलकण्ठ नगरपालिकाको स्थानीय राजनीतिलाई एकाएक निकै तताएको साप्रे ढुङ्गा पुल अन्ततः शिलान्यास भएको छ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले जेस्थ६ गते दिउँसो नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा सो पुलको शिलान्यास गरेका छन।
जेष्ठ ५ गते बेलुका नेकपा एमालेका केही नेताहरुले सो पुल स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले गर्ने भन्दै सामाजिक संजालमा पोस्ट गरे संगै निकै जुर्मुराएका नेपाली काङ्ग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु जेष्ठ ६ गते सवेरै सो पुल शिलान्यास स्थलमा पुगेका थिए।
जेष्ठ ५ गते बेलुका नै नगर प्रवक्ता नवराज भट्टराईले सो पुल नगर प्रमुख अधिकारीले शिलान्यास गर्ने भनेर सामाजिक संजाल मार्फत जानकारी गराए पनि बिहान तय गरिएको कार्यक्रम रोकिएको थियो ।
त्यस् पस्चात नगरपालिकाको कार्यालयमा भएको सत्ता साझेदार दुई दलको छलफल पछि अन्ततः दिउँसो उक्त पुल शिलान्यास भएको हो।
आगामी चुनाव आउन करिव २ वर्ष बाकी हुँदै चुनावी झल्को दिने गरि भएको क्रिया प्रतिक्रियाको शिलशिला प्रमुख अधिकारीले शिलान्यास गरे संगै सकिएको छ।

तपाइँको प्रतिक्रिया ।