चर्चामा बुढानिलकण्ठको साप्रेढुङ्गा, उपस्थित हुन एमाले र काङ्ग्रेसको आव्हान
कपन अनलाइन
काठमाडौं, जेष्ठ ५ ।
बुढानिलकण्ठ नगरपालिकाको साप्रेढुङ्गामा निर्माण हुने पुलको शिलान्यासको बिषयले एक एक चर्चामा आएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईद्वारा भोलि जेष्ठ ६ गते बिहान ७ बजे शिलान्यास हुने सो पुलले वडा-८ र १० जोड्ने छ।
नेकपा एमालेका नेताहरुले सामाजिक संजालमा सो कार्यक्रममा उपस्थितिका लागि आव्हान गरे संगै नेपाली काङ्ग्रेसका नेताहरुले पनि कार्यकर्ताहरुलाइ सो स्थानमा उपस्थित हुन अनुरोध गरेका छन।
रुद्रामती नदि माथि निर्माण हुने सो पुल शिलान्यास कार्यक्रम स्थलमा भोलि केन्द्रमा सत्ता साझेदार दुई दल स्थानीय राजनीतिमा आमने सामने हुने देखिएको छ।
तपाइँको प्रतिक्रिया ।
