गुरु : रिभान भण्डारी (बालकविता)
कपन अनलाइन
काठमाण्डौ ,फागुन २४ ।
गुरु नै हुन् वेद
गुरु नै हुन् पुराण
गुरुलाई गर्नु उच्च सम्मान
गुरु नै हुन् जिउने आधार ।
न त कसैलाई माया धेरै
न त कसैलाई घृणा
न त कसैलाई आफ्नोपन
न त पराइ ।
आफू जति दुखी भएपनि
विद्यार्थीलाई राख्नुहुन्छ सुखी
आफू मैनबत्ती जस्तो जलेर
फैलाउनुहुन्छ ज्ञानको ज्योति
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
