आमा :शुभन भण्डारी ( बाल कविता)

आमा :शुभन भण्डारी ( बाल कविता)

कपन अनलाइन

काठमाण्डौ ,फागुन २४ ।

संसारमा सबैभन्दा प्यारी लाग्छिन् आमा
उनीबिना संसारमा छैन केही काम ।

दुःख कष्ट सहेर मलाई दिएपछि जन्म
असल मान्छे बनाउने गरिन् शुभ कर्म

ठूलो मान्छे बनाइन् मलाई राम्रोसँग
मेरो खुसीमा सधैँभरि पर्छिन् उनी दङ्ग

पढ्ने लेख्ने काममा मलाई दिइन् साथ
म पनि उच्च पारिदिन्छु सधैँ उनको माथ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।