हाँडीगाउँ (नर: दे) मा अटिजम सम्बन्धी सचेतना अभियानको चौथो हप्ता सम्पन्न

हाँडीगाउँ (नर: दे) मा अटिजम सम्बन्धी सचेतना अभियानको चौथो हप्ता सम्पन्न
कपन अनलाइन
काठमाडौं, पुस १५।
काठमाडौं महानगरपालिकाको वडा नं. ५ ले मंसिर २२ देखि हरेक शनिबार अटिजम सचेतना अभियान सञ्चालन गर्दै आएको छ। कार्यक्रमले समाजमा स्वलीन वर्णक्रम विकार (अटिजम) सम्बन्धी ज्ञान तथा चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
चौथो हप्ताको कार्यक्रम सम्पन्न गर्दै अध्यक्ष प्रजापतीले भने , ‘अटिजम भएका बालबालिकाहरूलाई बुझ्न र स्वीकार गर्न सक्ने समाज निर्माण गर्नु हाम्रो दायित्व हो। यस सचेतना अभियानले समाजलाई शिक्षित बनाउँदै, बालबालिकाहरूको उज्ज्वल भविष्यको बाटो खोल्नेछ।’
कार्यक्रममा समाजका विभिन्न तहका व्यक्तिहरूले सहभागिता जनाउँदै अटिजमबारे सचेतना बढाउन सहयोग पुर्याएका छन्। अभियानले हाडिगाउँ मात्रै नभई समग्र समाजमा सकारात्मक सन्देश पुर्याउने अपेक्षा गरिएको छ ।
अभियानले सहअस्तित्वमा आधारित सहभागितामूलक र समावेशी समाज निर्माणका लागि महत्वपूर्ण टेवा पुर्याउने विश्वास छ ।
यस अवधिमा १ हजार २ सय जनाले जानकारीमूलक स्टलमा आएर सोधपुछ गरेको आयोजकको भनाइ छ ।
तपाइँको प्रतिक्रिया ।