बुढानिलकण्ठका निजि विद्यालयहरु संग नगर प्रमुख मिठाराम अधिकारी “फायर”

बुढानिलकण्ठका निजि विद्यालयहरु संग नगर प्रमुख मिठाराम अधिकारी “फायर”

कपन अनलाइन
काठमाडौं, पुस १३।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरमा संचालनमा रहेका संस्थागत विद्यालयहरु प्रति चर्को असन्तुस्टी ब्यक्त गरेका छन।

नगरपालिकाले पुस १४ देखि १६ गते सम्म संचालन गर्ने पाँचौ रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका बारेमा जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख अधिकारीले पहिला नै तय भएको नगरपालिकाको वार्षिक क्यालेन्डरका आधारमा  तयार गरेको प्रतियोगितमा कतिपय विद्यालयले सहभागितामा उदासिनता देखाएको भन्दै असन्तुस्टी ब्यक्त गरेका हुन्।

नगरपालिकाले फागुण महिनामा नै सबैको सहभागितामा बनाएको क्यालेन्डरलाई अहिले आएर विभिन्न बहाना बनाउदै नमान्ने जस्तो गतिविधि बढेको भन्दै नगर प्रमुख अधिकारीले त्यस्ता विद्यालयहरुका बारेमा जानकारी संकलन गरेर आफुलाई प्रतिवेदन दिन शिक्षा महाशाखालाई निर्देशन समेत दिएका छन।

नगरपालिकाले संचालन गर्ने प्रतियोगिता र गतिविधिमा सामेल हुन उदासिनता देखाउने र बेवास्ता गर्ने विद्यालयहरु प्रति स्थानीय सरकारले गहिरो नजर राखेको भन्दै नगर प्रमुख अधिकारीले आगामी दिनमा सेवा ,सुविधा र सहजीकरण लगायतका विषयमा निकै गम्भीर र कठोर बन्ने संकेत समेत गरेका छन।

केहि दिन अगाडी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा असहज र अप्रिय प्रस्तुतीकरण भएको प्रति संकेत गर्दै नगर प्रमुख अधिकारीले केवल कर तिरेर मात्र विद्यालयहरुको दायित्व पुरा नहुने भन्दै नगरपालिकाका हरेक गतिविधिमा सक्रिय रुपमा सहभागिता समेत अनिवार्य रहेको धारणा राखेका छन।

नगरपालिकाको   वडा नं ८ को गोल्फुटार मैदान र वडा नं १० को कपन ह्यान्डबल मैदानमा हुने पाचौ  रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका बारेमा जानकारी दिइएको सो पत्रकार सम्मेलनमा नगर प्रमुख मिठाराम अधिकारी ,उपप्रामुख अनिता लामा, प्रमुख प्रसशाकीय अधिकृत तुलसीराम अर्याल, प्रवक्ता नवराज भट्टराई, वडा नं ३ का अध्यक्ष आकाश धिताल ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो।

बुढानिलकण्ठ नगरपालिकाको कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती की संयोजक शान्ता ढकाल पुडासैनीको अध्यक्षता तथा अधिकृत अनिता खनालको संचालनमा भएको सो पत्रकार सम्मेलनमा विभिन्न विद्यालयका प्रधानाध्यापक , खेल्कुस प्रशिक्षक सहित संचारकर्मीहरुको सहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।