नमुना सार्वजनिक विद्यालय निर्माणमा रिलायन्स पब्लिक स्कुलको सहकार्य ,राष्ट्रिय प्राथमिक विद्यालय जमुनापुर (क) सँग सम्झौता
कपन अनलाइन
काठमाडौं, पुस ९ ।
काठमाडौं, पुस ९ ।
रिलायन्स पब्लिक स्कुल, बु.न.पा.–१०, कपन विवेकचोक स्थित ‘A’ ग्रेडेड विद्यालयको हो जसले विद्यार्थीहरुको शैक्षिक, सामाजिक, सांस्कृति, भौतिक, तथा अध्यात्मिक पक्षको समग्रताको विकासमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
यसले शिक्षक तथा विद्यार्थीहरुको नेतृत्वदायी भूमिका तथा पाठ्यक्रममा आधारित परियोजना बनाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यालयहरुबिच सहकार्य गरी काम गरिरहेको छ । यसै अन्तर्गत रिलायन्स पब्लिक स्कुलले रत्ननगर नगरपालिका १२ स्थित जमुनापुर हेल्प सोसाइटीको समन्वयमा राष्ट्रिय प्राथमिक विद्यालय जमुनापुर (क) सँग शैक्षिक गुणस्तर वृद्धि गर्न शैक्षिक परामर्श तथा अन्य गतिविधिको आदानप्रदान गर्ने सम्झौता (Memorandum of Understanding, MOU) गरेको छ ।
रिलायन्स पब्लिक स्कुलको तर्फ बाट प्र.अ. वसन्तलाल लामिछाने र राष्ट्रिय प्राथमिक विद्यालय, जमुनापुर (क) १२, चितवनको तर्पmबाट प्र.अ. विश्वहरीले हस्ताक्षर गरि सम्झौता सम्पन्न भयो ।
उक्त कार्यक्रममा रिलायन्स पब्लिक स्कुलकी Middle School Coordinator शुस्मा तामाङ्ग तथा राष्ट्रिय प्राथमिक विद्यालय जमुनापुर ‘क’ बाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रकला पनेरु, वडा–१२, अध्यक्ष, जमुनापुर हेप्प सोसाइटीका प्रतिनिधिहरु विनोद अधिकारी, सुजिन्द्र थापा, मथुरा थापा र पुनम गुरुङ्गको सहभागिता रहेको थियो । यस किसिमको सहकार्यले राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक रुपमा सवल बनाउन कोशे ढुंगा सावित हुनेछ भने दुबै विद्यालयले नयाँ शिक्षण पद्धति र आयमहरुको विच सहकार्य गरी दुबै विद्यालयले लाभ लिने नै छन् ।
उक्त कार्यक्रममा रिलायन्स पव्लिक स्कुलका प्रधानाध्यापक बसन्तलाल लामिछानेले विद्यालयको शैक्षिक नीति अनुरुप विभिन्न देश र विदेशमा विद्यालयहरुसंग collaborative approach to education लागि सहकार्य गर्ने उदेश्य अनुरुपनै हामीले यस राष्ट्रिय प्रथामिक विद्यालय जमुनापुर (क)लाई शैक्षिक विकासका लागि सहकार्यको गर्न लागेको बताए ।
यस प्रकारको सहकार्यले दुबै विद्यालयका राम्रा प्रयोगको आदन–प्रदान हुने र एक अर्काबाट सिक्ने र सिकाउने अवसर हुने हुदा दुबै स्कुलका शिक्षक शिक्षिकहरुले पनि फाइदा लिने छन् । यसै क्रममा राष्ट्रिय प्रथामिक विद्यालय जमुनापुर (क) प्र. अ. विश्वहरी आचार्यले यस सहकार्यको लागि रिलायन्स पब्लिक स्कुल परिवार तथा अध्यक्ष रविन्द्रजंग थापालाई धन्यवाद प्रकट गरेका थिए । यसै कार्यक्रममा रिलायन्स पव्लिक स्कुलको तर्पmबाट उक्त स्कुलमा प्रयोग गरिएका केहि विशेष अवधारणहरुको बारेमा छलफल समेत गरिएको थियो ।
उक्त अवसरमा रिलायन्स पब्लिक स्कुलको Student Council ले दशै अगाडी सञ्चालन गरेको Charity Show कार्यक्रमबाट जम्मा भएको केहि रकम र व्यक्तिगत रुपमा संकलन गरेको रकमले राष्टिय प्राथमिक विद्यालय जमुनापुर (क) लाई विधिन्न खेलकुदका सामाग्री पनि प्रदान गर्याे ।
यसै सिलसिलामा रिलायन्स पब्लिक स्कुले रत्ननगर न.पा.–१३ अन्र्तगतको स्काइ राइडर स्कुल सँग सहकार्य गरी दुबै विद्यालयका विद्यार्थीहरुले ] “Our Local Environment” भन्ने परियोजनामा प्रस्तुतिकरण गरेका थिए । उक्त कार्यक्रममा रिलायन्स पब्लिक स्कुलको कक्षा ७ का विद्यार्थीहरु र स्काइ राइडर स्कुल का कक्षा ७ का विद्यार्थीहरुले सहकार्य गरी बनाएको थिए ।
उक्त सहकार्यमा रिलायन्स पब्लिक स्कुलका विद्यार्थीहरुले स्काइ राइडर स्कुलका विद्यार्थीहरुले गरेका कृषि परियोजनाहरु अवलोकन तथा छलफल गर्ने कार्यक्रम पनि सम्पन्न गर्यो । यसरी गरिने सहकार्यले विद्यार्थीहरुमा सहभागिता तथा सहकार्यको सिप र नेतृत्वदायी भूमिका विकास हुने हुँदा विद्यार्थीहरुको समग्र शैक्षिक विकासमा टेवा पुर्याउनेछ ।
तपाइँको प्रतिक्रिया ।