नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको नगर अधिवेसन पुस २० गते हुने

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको नगर अधिवेसन पुस २० गते हुने

कपन अनलाइन
काठमाडौं, पुस ६।

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) बुढानिलकण्ठ नगर कमिटीको अधिवेसन यहि पुस २० गते हुने भएको छ। आज बसेको नगर कमिटीको पूर्ण बैठकले पुस २० गते नगर अधिवेसन गर्ने निर्णय गरेको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं मा भएको सो बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमार बोगटी, केन्द्रीय सदस्य तथा क्षेत्रीय इन्चार्ज सुनिल मानन्धर ,जिल्ला कमिटी अध्यक्ष संजय लामा लगायतको उपस्थितिमा भएको सो बैठकले नगर अधिवेसनको तयारीका लागि विभिन्न निर्णयहरु गरेको थियो।

केन्द्रको निर्णय अनुसार  नगर अधिवेसनको तयारी भएको जानकारी दिदै नगर अध्यक्ष भाइ नारायण श्रेष्ठले सबै वडा कमिटी तथा नेता तथा कार्यकर्ताहरुलाई अधिवेसन सफल बनाउन सहयोगका लागि आग्रह समेत गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।