एशियन प्यासिफिक सितोरियो करातेमा वहुमत सहित गुरुङ निर्वाचित
कपन अनलाइन
काठमाण्डौ , मंसिर १८ गते ।
एशियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ निर्वाचित भएका छन् । सिंगापुरमा आईतवार वेलुकी सम्पन्न भएको बिशेष अधिवेशन ( कङग्रेश ) मा नेपाल सितोरियो कराते संघका अध्यक्ष समेत रहेका गुरुङ निर्वाचित भएका हुन् ।
एशियन प्यासिफिक अन्तर्गत सहभागी २८ राष्ट्रमा खसेको २३ मत मध्ये १८ मत प्राप्त गरि गुरुङ निर्वाचित भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ’ईश्वर’ ले जानकारी गराए । गुरुङगका प्रत्यासी फिलिपिन्सका उम्मेदवारले ८ मत प्राप्त गरेका थिए । सिंगापुरमा १६ ओै एशियन प्यासिफिक प्रतियोगिता सम्पन्न भए पश्चात भएको विशेष अधिवेशन (कंङ्ग्रेश) ले आगामी १७ ओै एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगिता कहाँ र कुन मितिमा आयोजना गर्ने भन्ने वारेमा एक महिना भित्रमा निर्णय गरि सार्वजनिक गर्ने नेपाल सितोरियो करातेका संरक्षक युवराज लामाले जानकारी गराए ।
कङ्ग्रेशमा एशियन प्यासिफिक सितोरियो कराते महासंघ संग आवद्ध २८ राष्ट्रका प्रतिनिधि, विश्व सितोरियो कराते महासंघका अध्यक्ष गेन्जो ईवाता सहित केनई मावुनी,वाङ तोङ्ग सेङ,रिकी योङ्ग र नेपालको तर्फवाट सितोरियो कराते संघका संरक्षक समेत रहेका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र सितोरियोका अध्यक्ष दावा गुरुङ्गले सहभागी जनाएका थिए । सिंगापुरमा विशेष अधिवेशन (कङ्ग्रेस) हुनु अघि सम्पन्न भएको १६ ओै एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण,२ रजत र ५ कास्य पदक सहित कुल ९ पदक हाशिल गरेका थिए । नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।