गोकर्णेश्वरको लेखा परिक्षणमा कायम बेरुजु १२ करोड २५ लाख २९ हजार ११९
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ४।
गोकर्णेश्वर नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखा परिक्षण प्रतिवेदनमा कायम बेरुजु १२ करोड २५ लाख २९ हजार ११९ रुपैया २९ पैसा रहेको छ।
महालेखा परीक्षकको कार्यालयले तयार पारेको अन्तिम प्रतिवेदनमा ६९ लाख २० हजार ६२० रुपैया ३१ पैसा अशुल गर्नुपर्ने बेरुजु देखिएको छ भने ८ करोड ३४ लाख ७९ हजार ७५१ रुपैया अनियमित बेरुजु देखिएको छ।
त्यस्तै सो प्रतिवेदनका अनुसार प्रमाण र कागजात नभएको बेरुजु १ करोड ९३ लाख ९९ हजार ७७६ रुपैया ९८ पैसा रहेको छ भने प्रारम्भिक प्रतिवेदन उपर फर्छ्यौट सम्परीक्षण भएको रकम १ करोड ७ लाख ६२ हजार ८२९ रुपैया रहेको छ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको अंश :
तपाइँको प्रतिक्रिया ।