गजल : दूरगामी माइला
कपन अनलाइन
काठमाडौं, मङ्सिर १।
मैले एउटा युद्ध हारेर आएको खबर बताउनु पर्छ ।
उसलाई जितेको उत्सबैमा बेरेर मताउनु पर्छ ।।
म जिन्दगी मेटिएको जिन्दगीको एक पाना हु,
रित्तिनुको अभासले कोहि कसैलाई सताउनु पर्छ ।
तिमी हिउँ नरहनुको महत्व पग्लेपछी थाहा होला,
सम्झदै छु अब आगोमा पनि बरफ तताउनु पर्छ ।
म तिम्रो प्रश्नको भुमरीमा, डुबेर रोगिएको मान्छे भए,
यस्तो लाग्दैछ प्रेम रोग हो होइन भनेर जचाउनु पर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।