कलाकार दिपक लामाको नयाँ टेलि सिरियल ‘भैरे’ कार्तिक ९ गतेदेखि युट्युबमा प्रसारण

कलाकार दिपक लामाको नयाँ टेलि सिरियल ‘भैरे’ कार्तिक ९ गतेदेखि युट्युबमा प्रसारण

कपन अनलाइन
काठमाडौं, कात्तिक१०।

कलाकार दिपक लामाको नयाँ टेलि सिरियल ‘भैरे’ कार्तिक ९ गतेदेखि युट्युबमा प्रसारण भएको छ। कलाकार दिपक लामा नयाँ टेलि सिरिज ‘भैरे’ युट्युबमार्फत दर्शकमाझ आएको छ ।

सिरियल कार्तिक ९ गतेदेखि हरेक शुक्रबार बेलुका ६:५० बजे सुलोक मिडिया युट्युब च्यानलबाट प्रसारण हुने निर्माण पक्षले जानकारी दिएको छ। समाजमा भइरहेको भन्दा फरक कथामा आधारित रहेर सिरियल निमार्ण भएको दिपक लामाले जानकारी दिएका छन।

सिरियलले जनचेतना फैलाउने उद्देश्यका साथ जनचेतना मुलक सरल र नयाँ रसमा प्रस्तुत गरेको निर्माण पक्षको दाबी छ। ‘भैरे’ सिरियलमा दिपक लामाको निर्देशनमा हिमाल चौलागाई दिपसन कार्की रोहित कार्की इन्द्रजित चौलागाई अम्बिका कार्की लगायतका कलाकारहरूले मुख्य अभिनय गरेका छन्। भैरे सिरियल मा सङ्गित विनय कार्की र सम्पादन सन्दिप चौधरी ले गरेका थिय भने छायांकन कल्याण राज अधिकारी ले गरेका थिए। यसको छायांकन गोलढुंगामा र लेलेमा भएको थियो ।

’भैरे ले दर्शकहरूलाई रुवाउने मात्र होइन सामाजिक सन्देश पनि पुर्याउने उद्देश्य राखेको निर्माण टिमले जानकारी दिएको छ । ’भैरे’ सिरियलको निर्माण, लेखन, र निर्देशन दिपक लामाले गरेका हुन्। दिपक लामा नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक हुन्। उनको नयाँ सिरियल ‘भैरे’ ले पनि दर्शक धेरै माया पाउने विश्वास गरिएको छ । यो सिरियलले कतिको दर्शकको मन जित्ला त्यो भने हेर्न बाँकी नै छ ।

तपाइँको प्रतिक्रिया ।