एभ्रेष्ट वुमन्स भलिबल लिगमा काठमाडौंसँग चितवनको पहिलो हार

एभ्रेष्ट वुमन्स भलिबल लिगमा काठमाडौंसँग चितवनको पहिलो हार

कपन अनलाइन
काठमाडौं, असोज १६।
एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभिएल) मा चितवन शक्तिले पहिलो हार बेहोरेको छ । चितवनले काठमाडौं स्पाइकर्ससँग ३–१ ले पराजय बेहोरेको हो ।
राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा चितवनले पहिलो हार बेहोरेको हो । काठमाडौंले चितवनलाई २१–२५, २५–१०, २५–२२ र २५– १७ ले हरायो ।
पहिलो सेटमा जित निकालेको चितवन पछिल्ला तिन सेटमा भने टिममा तालमेल मिल्न नसक्दा कमजोर देखियो ।
पहिलो सेटमा सुरुवाती अग्रता बनाएको काठमाडौंले बिचमा मोमेन्टम बिग्रान पुग्यो । जसको फाइदा चितवनले उठायो । पहिलोे सेटको बिचमा पुग्दा चितवनले १५–१० ले अग्रता बनायो । काठमाडौंले पछ्याउँदै १९–२१ को अवस्था बनायो । पहिलो सेट भने चितवनले २५–२१ ले आफ्नो पक्षमा पार्यो ।
दोस्रो सेटमा पनि काठमाडौंले ८–४ ले अग्रता बनायो । सुरुवाती अग्रतालाई निरन्तरता फराकिलो जित निकाल्दै २५–१० ले जित निकाल्यो ।
तेस्रो सेटको सुरुुवातमा चितवनले मोमेन्टम समात्न नसकेको जस्तो लिन सकेन । काठमाडौंले दोस्रो सेट जस्तै उत्कृष्ट लयसँगै तेस्रो सेट पनि जित्यो । काठमाडौंले २५–२२ मा सेट जित्यो ।
चौथो सेटमा पनि चितवनमाथि दबदबा बनाउँदै काठमाडौंले जित निकालेको हो ।
आज काठमाडौंको खेलमा निकै सुधार देखियो । चितवन भने पहिलो खेलमा गण्डकीसँग जस्तो खेल्न सकेन । जसको फलस्वरुप काठमाडौंले आजको खेल जितेको हो । चौथो सेटमा २५–१७ हराउँदै काठमाडौंले पहिलो जित हात पारेको छ ।
चितवनले आफ्नो तेस्रो खेल भोली (बुधबार) मधेश युनाइटेडसँग खेल्नेछ ।
चितवन भोलीको खेलमा आज भन्दा राम्रो प्रदर्शनसहित जितको खोजीमा मैदान उत्रिनेछ ।

तपाइँको प्रतिक्रिया ।