सडक विभागका डिजी रामहरि पोखरेलले भने–अहिलेसम्म २ अर्ब ५२ करोड क्षति, राजमार्ग सुचारु गर्न काम भैरहेको छ

सडक विभागका डिजी रामहरि पोखरेलले भने–अहिलेसम्म २ अर्ब ५२ करोड क्षति, राजमार्ग सुचारु गर्न काम भैरहेको छ

कपन अनलाइन
काठमाडौं, असोज १५।

सडक विभागकामहानिर्देशक ई. रामहरि पोखरेलले बाढी÷पहिरोबाट प्रभावित सबै राजमार्ग सुचारू गर्न सम्पूर्ण शक्ति र संयन्त्रप्रयोग गरेर काम भैरहेको बताएका छन् । उनले भने,‘यो महामारीमा सबभन्दा बढि पीडित भनेको सडक नै परेको छ। हामी सडक सुचारुको लागिअहोरात्र खटिएका छौं । यतिहुँदापनिजनताले चाहेको जस्तो हुन सकेको छैन् । हामीपनि पूर्ण सन्तुष्ट छैनौं । तर, हाम्रो इफोर्ट चाहीँलागिरहेका छौं ।’
रिपोर्टर्स क्लब नेपालले आज (मंगलबार) आयोजना गरेको विशेष साक्षात्कारमाबोल्दै महानिर्देशकपोखरेलले विभिन्नकारणले समयमै अवरुद्ध राजमार्ग खुलाउननसकेको सुनाए । तर, सबै राजमार्ग सुचारु गर्नको लागि राज्य–संयन्त्रलगाएर काम भैरहेको उनको भनाई छ । उनले भने,‘असोज ११ र १२ गतेको अवस्था के थियो भने २३ वटा राजमार्गको ६९ वटाभन्दा बढि ठाउँमा राजमार्ग अवरुद्ध भएको अवस्थाथियो । अहिले पछिल्लो स्थिति हेर्दा १२ वटा राजमार्गको ३४ स्थानमाअझैपनि अवरुद्ध छ । त्यसमापनिमुख्य–मुख्य राजमार्गको कुरा गर्नु पर्दाखेरि यो नौविसे–नागढुंगा मुग्लिन सडक खण्ड, कान्ति, विपी राजमार्ग र पुष्पलाल राजमार्ग रहेका छन् ।’
महानिर्देशकपोखरेलले आफूहरुले सबै संयन्त्रलगाएर नौविसे–नागढुंगा मुग्लिन सडक खण्ड एकतर्फी सुचारू गराएको सुनाए । तर, एकतर्फी खोल्दात्यहाँ अड्किएका सवारीसाधनलाई काठमाडौं भित्र्याईएको उनले जनाए । अत्यावश्यक वस्तु (खाद्यान्नसहित) सवारीलाई प्रोटोकलमिचेर पनिआफूहरुले सुरूङमार्गमार्फत ल्याएको पोखरेलको भनाई छ । त्यसको लागिआफूहरुले जापानीहरुलाई अनुरोध गरिएको उनले स्पष्ट पारे । आजै नै सो मार्ग दुईतर्फी सञ्चालनमाल्याउनेगरि काम भैरहेको उनको भनाई छ ।
उनले विपी राजमार्गको अवरोध सुचारुको लागिचूनौति रहेको सुनाए । उनले भने,‘विपी राजमार्गको चौकी डाँडा भन्ने ठाउँ (धुलिखेलबाट झण्डै ३४ किलोमिटरजति पर्छ) त्यहाँ साढे दुई किलोमिटर बाटो बगाएको छ । त्यसको अवरोध हटाउनको लागिहामीले सबै शक्तिलगाएका छौं । सकेसम्महामीविपी राजमार्ग खोल्न प्रयास गरेका छौं । त्यहाँदुई वटा पुलबगायो । एउटा खैरेनीघाट र अर्को खुर्कोटको पुलबगाएको छ । रामेछापसँग लिंकहुने अर्को पुलबाँकी छ । त्यो हो सित्खाभन्ने ठाउँको । सित्खाको पुल तरेर गाल्बाहुँदै मन्थलीबाट गाडीहरु पास भएका छन् । तर, त्यहाँकिरिनेटारमापनिदुई सय मिटर वास भएछ, खिम्तीहाईड्रोपावर प्रोजेक्टलाई विशेष अनुरोध गरेका छौं । त्यहाँको घर भत्काउनुपरेपनि बरु हामीक्षतिपूर्ति दिन्छौं तर गाडी पास गरौं भनेका छौं ।’
उनले कान्ति राजमार्गको अवरोध अबक्लियर हुँदै गएको बताए । बाग्मतीपुलमापनि बेलीब्रिजहाल्नुपर्ने अवस्था रहेको बताए । मेची राजमार्गको बेलिब्रिजबगाएकोले अहिले डाईभर्सन प्रयोग गरेको सुनाउँदै त्यो दशैंअघि नै सुचारु हुने बताए । यस्तै, अरनीको राजमार्ग बाह«विसे, दोलालघाट र धुलिखेल खण्ड क्लियर भएको उनको भनाई छ । दशैंअघि तातोपानीनाकाचलाउननसकिने उनले स्पष्ट पारे ।
उनले अहिलेसम्मप्रारम्भिकक्षतिको विवरण हेर्दा दुई अर्ब ५२ करोड क्षतिभएको तथ्यांक पेश गरे । तर, विस्तृत विवरण आईपुग्दासम्म यो क्षतिको अंक बढ्नसक्ने उनको भनाई छ । देशव्यापी रुपमाक्षतिभएका राजमार्गको स्थायीनिर्माणको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिने र स्थायी रुपमाकाम अघि बढाउने पोखरेलको भनाई छ । महामारीको अवस्थामा सडक विभागले सम्पूर्ण शक्तिलगाएर काम गरेकोले मिडियाले पनिप्रशंसा नै गरेको उनले सुनाए।

 

तपाइँको प्रतिक्रिया ।