बुढानिलकण्ठ-३ को आयोजनामा Budhanilkantha Open Road Race Championship 2024 हुने

बुढानिलकण्ठ-३ को आयोजनामा Budhanilkantha Open Road Race Championship 2024 हुने

कपन अनलाइन
काठमाडौं, असोज १५।

असोज १९ गते (शनिबार)  बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को आयोजनामा खुल्ला सडक दौड प्रतियोगिता  हुने भएको छ। ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ ले  पत्रकार सम्मेलन गर्दै  पहिलो Budhanilkantha Open Road Race Championship 2024 हुन लागेको जानकारी दिएको हो।

उक्त प्रतियोगिता पुरुष र महिला दुवै समुहको लागि हुने सो  प्रतियोगितामा  प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश २० हजार , १५ हजार र १० हजार तथा उत्कृस्ट  १० जनालाई १५०० सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

दस किलोमिटर दुरी रहेको  सो  प्रतियोगिता बुढानीलकण्ठ मंदिरबाट सुरु भएर  श्री पञ्चकन्या स्कुल हुँदै टोखा चण्डेश्वरी– टोखा गणेशथान – हात्तिगौडा विष्णुमतीपुल – हात्तिगौडा रामसिता मंदिर -हात्तिगौडा चोक – वडा नं ३ कार्यालय चपली भई नारायणस्थान मंदिरमा टुङ्गिने  छ।

उक्त प्रतियोगिता मार्फत  बुढानीलकण्ठ नगरपालिकालाई खेल क्षेत्रमा प्रचार गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य लिएको बताउदै  वडा अध्यक्ष आकाश धितालले असोज १८ गते  शुक्रबार २ बजे सम्म इच्छुक  खेलाडीले  नाम दर्ता गर्न बसक्ने बताएका छन।

बुढानीलकण्ठ नगरपालिकालाई खेल क्षेत्रको एउटा उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न र खेलाडीहरुलाई खेल खेल्ने  वातावरण बनाउन   अभिप्रेरित गर्ने उद्देश्यका साथ सो  प्रतियोगिता आयोजना गरेको प्रतियोगिता संयोजक  वडा नं ३ का सदस्य विकास तामाङले जानकारी दिएका छन्।

उक्त पत्रकार सम्मेलनमा वडा अध्यक्ष आकाश धिताल, वडा सदस्यहरु विकास तामाङ,बिक्रम श्रेष्ठ , सुशीला रम्तेल तथा वडा सचिव डोलराज अर्याल लगायतको उपस्थिति रहेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।