शिक्षासेवी राजन श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभाग सदस्यमा मनोनित

शिक्षासेवी राजन श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभाग सदस्यमा मनोनित

कपन अनलाइन
काठमाडौं, असोज १२।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का शिक्षासेवी राजन श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभाग सदस्यमा मनोनित भएका छन। नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित ) को धारा २५ (९)  बमोजिम श्रेष्ठलाई केन्द्रीय विभाग सदस्यमा मनोनित गरिएको हो।

लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहेका श्रेष्ठ हाल मनास्लु वर्ल्ड कलेजको प्रमुख रहेका छन भने उनले विभिन्न विद्यालय तथा कलेजहरुमा अध्यापन समेत गरेका छन।

लायन्स क्लव इन्टरनेसनलका विभिन्न जिम्मेवारीमा रहेर समाजसेवामा सक्रिय रहेका श्रेष्ठ निजि तथा आवासीय विद्यालय संगठन काठमाण्डौ (PABSOK) का अध्यक्ष समेत रहेका छन।

तपाइँको प्रतिक्रिया ।