भेषबहादुर थापाको सम्झनामा दरबार हत्याकाण्ड : कविप्रसाद प्याकुरेल

भेषबहादुर थापाको सम्झनामा दरबार हत्याकाण्ड : कविप्रसाद प्याकुरेल

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

विक्रम संवत् दुई हजारपछिको अन्ठाउन्न सालमा ।
पत्नी पुत्रवधूविहीन स्थितिमा दिल्ली दूतावासमा ।।
आयो याद बहुत पुत्रवधूको जान्छु शिकागोतिर ।
भन्दै पत्नी रीताभएछि बिदा एक्लै परेँ सर्वथा ।।१।।

रात्रिको नौ बजेमा भयभीत घटना राजदरबारभित्र ।
गोलाबारी भएको विकट परिस्थिति ध्वंस भो राजवंश ।।
यस्तो विध्वंस वार्ता क्रमशः स्वरूपमा आउँदा मध्यरात ।
शर्मा बीएलमाथि तरहतरहका द्वेष, चिन्ता र शङ्का ।।२।।

राजाको परिवार मात्र नभई छोरा र छोरी सबै ।
सारा एक चिहान एकछिनमा बाँकी नराखी कुनै ।।
रक्सी खाएर ठट्टा किन यसरी बूढा तम्सिए मध्यरात ।
कैल्यै सोच्नै नसक्ने अघटित घटना राजदरबारभित्र ।।३।।
(बीएल शर्मा सबैका अतिसुपरिचित क्याटरिङ व्यवसायी।
त्रिभुवन, महेन्द्र राजपरिवारका प्रेमी ज्यादै हितैषी।।)

’सारा मान्छे मुखामुख शिथिल, थकित भै दीर्घ चिन्ताविसाद ।
सारा सञ्चार हाम्रा विचलित हुन गै खिन्न यी पत्रकार ।।
महाराजाधिराजसँग निकट सदा कर्मनिष्ठ तपाईँ ।
अर्को कोही नपाई यस परिस्थितिमा फोन मैले लगाएँ’ ।।४।।

शर्माका यी कुरा सुनेर म भएँ सर्वाङ्ग शोकाकुल ।
सम्बन्धित निकाय खुल्ने स्थितिमा दीर्घ प्रतीक्षारत ।।
आफैँले पनि फोन गर्ने स्थितिमा अत्यन्त अन्योल छ ।
तत्कालै श्रीप्रधानमन्त्रीसँगमा गर्नुप¥यो कोसिस ।।५।।

प्रधानमन्त्री श्रीनिवासबाट ।
’प्रधानमन्त्री हुनुहुन्न आज ।।
दरबारमा जानुप¥यो भनेर ।
तत्काल प्रस्थान भयो उहाँ त’ ।।६।।

आधा घण्टापछि कमलको फोन आयो मलाई ।
’ज्यादै ठूलो दुःखद घटना बर्सियो हामीलाई ।।
यो रात्रिमा विचलित नभै राजदरबारतर्फ ।
दरबारैमा दुःखद घटनाको खुलासा समस्त’।।७।।

नेपाल सरकार छ मौन रातमा ।
सरकारी संयन्त्र समस्त मौनमा ।।
कत्ति पनि निद परेन रात्रिमा ।
टेलिभिजन र फोनमा दिई मन ।।८।।

सीएनएन, बीबीसी र दूरदर्शन ।
दरबारमै भो घटना प्रमाणित ।।
श्रीपाँच महाराजाधिराजका प्रति ।
मनमा ठूलो संशयको यथास्थिति ।।९।।

नेपाली दरबारभित्र घटना केके भयो रात्रिमा ।
भारतीय प्रधानमन्त्री घरमा पाँचै बजे प्रातमा ।।
सुरक्षा परिषद्को सशक्त रूपमा आह्वान भो बैठक ।
अन्त्येष्टि स्थलमा पठाउन पनि राष्ट्रपति नै स्वतः ।।१०।।

विपरीत स्थिति उल्टो सुस्त नेपालमा छ ।
प्रधानमन्त्री कोइराला बन्धमा अस्पताल ।।
न सुरक्षा परिषद्, न त मन्त्रिमण्डल ।
दरबारीया सचिव देखिए क्यै सक्रिय ।।११।।

निर्वाचित प्रजातान्त्रिक भूमिका देखिएन ।
दरबारी घटनामा सरकार पूर्ण मौन ।।
दरबारी घटना यो पूर्ण षड्यन्त्रकारी ।
सबल सफल ज्यादै योजनाबद्ध भारी ।।१२।।

मूर्च्छिछत भएका युवराज दीपेन्द्र ।
अब राजा पनि को हो, हुन् कि वा ज्ञानेन्द्र ।।
भारतीय मिडियाको भिडमा दूतावास ।
विकट परिस्थितिमा राजदूत विलुप्त ।।१३।।

दरबारीय अवस्था जानकारी मिलेन ।
रेडियो नेपालबाट केवल शोक धुन ।।
उग्र जुलुस र नाराग्रस्त नेपाली दृश्य ।
भारतीय च्यानलैमा भो प्रसार प्रसस्त ।।१४।।

भारतीय मिडियामा के भनौँ के भनौँ म ।
श्वेतपुष्प किन्नलाई पठाइयो बजार ।।
प्रफुल्लित वीरेन्द्रको दिव्य तस्बिर भव्य ।
फूलमाला पहिराई राखियो शोकसाथ ।।१५।।

त्यहाँको परिवेशमा म अति नै भावुक वा विह्वल ।
विदेशी मिडियाहरू पनि थिए त्यो दृश्यका दर्शक ।।
त्यहाँ आउन भारतीय भूपतिको चाहना छ, तीव्र छ ।
मैले बातविमर्श आदि गरेँ मन्त्री परराष्ट्रमा ।।१६।।

नेपाली इतिहासमा भूपतिको अन्त्येष्टि उत्सर्गमा ।
विदेशीहरू आउने चलन यो देखिन्न नेपालमा ।।
दिउँसो दुई बजे मलाई यसको भो सूचना फोनमा ।
भारतको परराष्ट्र, राष्ट्रपतिमा मैले गरेँ प्रेषण ।। १७।।

वीरेन्द्रको परिवार रहेन कोही जीवित ।
ज्ञानेन्द्र पोखराबाट दरबार सुरक्षित ।।
त्यसको मारमा हामी परेका छौँ निरन्तर ।
पारिवारिक षड्यन्त्र कोबाट यो भयो सब ।।१८।।

राजनीति विरोधीको अथवा दरबारको ।
दरबारभित्रकै ठूलो षड्यन्त्र र कुकृत्य हो ।।१९।।

हाम्रो यो इतिहासमा अति ठूला षड्यन्त्र दरबारमा ।
छोरा मार्ने पिता त्यसै गरी पिता मार्ने कुरा पुत्रमा ।।
दाइभाइ र भारदारसहितै निर्मूलका शृङ्खला ।
कोतपर्व भण्डारखालहरूका बेगन्तीको शृङ्खला ।।२०।।

हाम्ले जति यो होइन भने पनि ।
निर्मूल शङ्का त कदापि हुन्न नि ।।
छानबिन आयोग बनाइयो तर ।
दोषी भने कोही भएन दण्डित ।।२१।।

तारानाथजीबाट फोन पनि भो दिल्ली दूतावासमा ।
सुसम्पन्न गराउने परिस्थिति श्रीदेवयानीसित ।।
देवयानीपिता पशुपति स्वयं मेरा हितैषी मित्र ।
हाम्रा छोरी दुवै पढे सँगसँगै श्री देवयानीसित ।।२२।।

महाराजगन्जबाट स्कूल सेन्ट मेरिज ।
एउटै बसयानमा यात्रा गर्दथे यी छात्रात्रय ।।
देवयानी कहाँ होलिन् ज्यादै विशाल भारत ।
असामान्य अवस्थामा सुरक्षित हुन भारत ।।२३।।

एटलान्टा अमेरिका युवराज दीपेन्द्रजी ।
अमेरिका राजदूत म हुँदाको परिस्थिति ।।
ओलम्पिक कमिटीका संयोजक स्वरूपमा ।
मेरो भेट भएको हो युवराजजीका सँग ।।२४।।

युवराजाजीका साथ तीन साता बिताउँदा ।
अन्तरङ्ग प्रेमवार्ता देवयानी प्रसङ्गमा ।।
श्रीदेवयानीका साथ विवाहमा दृढेच्छुक ।
पितामही तथा माता यो बिहेमा अनिच्छुक ।।२५।।

त्यै बेलामा प्रकटित दीपेन्द्रको उद्दण्डता ।
म चिन्तित भएकै छु देखेर त्यो उद्दण्डता ।।
सहनशीलता ज्यादै देख्दा पूज्य पिताजीका ।
हाम्रो विवाह बाधामा यो पनि मूल कारण ।।२६।।

दीपेन्द्रको अभिव्यक्ति त्यो बेलाकै त्यति कडा ।
आजको घटनाबाट दरबार प्रभावित ।।
नेपालीमा कुनै शब्द उच्चारित नभैकन ।
वार्ताविमर्शसंवाद अङ्ग्रेजीमै यथाक्रम ।।२७।।

हाउभाउ शीलशैली युवराज दीपेन्द्रका ।
पिताको शासनशैलीमा असन्तुष्टि सर्वदा ।।
जेजस्तो यो भएको छ देशको राजनीतिमा ।
विपरीत भएको छ, गर्नु छ परिवर्तन ।।२८।।

युवराज अमेरिका प्रस्थानकालपूर्वमा ।
युवराजजीका बारे वीरेन्द्रबाट फोनमा ।।
तिमी त्यहाँ भएकाले सन्तुष्ट छु सदैवमा ।
अशोभनीय चरित्र नदेखियोस् दीपेन्द्रमा ।।२९।।

दीपेन्द्रको बेलायती पठन कार्यकालमा ।
चरित्रचित्रमा कत्ति देखिएन सुशोभन ।।
अमेरिका बसाइमा पनि यस्तै अशोभन ।
सम्भावित आशङ्कामा राजा अत्यन्त चिन्तित ।।३०।।

दीपेन्द्रको अमेरिका यात्रा सम्पन्नतापछि ।
राजाबाट धन्यवाद भन्ने फोन यथामति ।।
ज्यादै कठिन थ्यो फोनवार्ता श्रीदेवयानीमा ।
रानाभाटजीको फोन आएकै छ पुनःपुनः।।३१।।

अन्ठावन्न दुई हजारपछिको ज्येष्ठ उनन्तीसमा ।
प्रहरी अधिकृतका सहितमा ग्वालियर हाउस ।।
आफैँ प्रत्यक्ष वार्ता समुचित नहुने भन्ने लाग्यो मलाई ।
अनि मेरै रोहवरमा खटाई सिल्वाल मोहनलाई ।।३२।।

हामी पुग्दा त्यहाँको अकुशल स्थितिमा आज श्रीदेवयानी ।
डाक्टर श्रीजैनद्वारा उपचारस्थितिमा वार्ता गर्नै समस्या ।।३३।।

’यै ज्येष्ठ उन्नाइस शुक्रवारमा ।
श्रीराजदरबार ठूलो प्रहारमा ।।
दुर्घटना भीषण औ भयावह ।
तपाईँमा उत्तरनिम्ति आग्रह’ ।।३४।।

’रुँदरुँदै उत्तर देवयानीको ।
देख्नुभएकै छ बिरामु छु म ता’।।
दीपेन्द्र उत्तेजित उक्त फोनमा ।
खुलेन केही पनि देवयानीमा ।।३५।।

’योबारे अरू जानकारी म कुनै कत्ति पनि जान्दिनँ ।
यस्तो दुर्घटना भयावह अति सोच्नै पनि सक्दिनँ ।।
त्यो सम्बन्ध यथार्थ व्यक्तिगत हो दुःस्वप्न हो दुःखद ।
रात्रि आठ बजे कुरा अलिकति संवाद भो फोनमा ।।३६।।

आइतवार हुने राष्ट्रिय खेलकुद ।
आउनुपर्दछ भनेर मलाई फोन ।।
आइतवार उद्घाटनका निमित्तमा ।
यत्ति रहेछ नियति अथवा यथार्थ ।।३७।।

उक्त मोबाइल नियतिको छैन आवाज प्रष्ट ।
मैले मोबाइल पनि गरेँ किन्तु फोनै उठेन ।।
एडीसीले एक क्षणपछि फोन मेरो उठाए ।
मौसुफद्वारा अब भोलिमात्र भन्ने सन्देश पाएँ’ ।।३८।।

यो फोन रेकर्ड श्रीदेवयानीको ।
काठमाडौँ सम्बन्धितमा पठाइयो ।।
सम्पूर्ण संवाद श्रीदेवयानीको ।
देवयानीसित जति भयो फोन संवाद हाम्रो ।।३९।।

(उनको ‘राष्ट्र परराष्ट्र’ कृतिका आधारमा)

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।